इलेक्ट्रोनिक्स ब्राण्ड सीजीअन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेसले यसपालिको दशैँ, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ।
‘सीजीसँग यो पर्व, गरौँ गर्व’ नामक योजना कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरुसहित ल्याएको हो।
योजनाअन्तर्गत ग्राहकहरुका लागि सी.जी. का साना घरायसी सामाग्रीहरुको खरिदमा बम्परमा ५५ इन्चको ओलेड टिभी १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता कार भ्याकुम ४ जनालाई जित्ने मौका रहेको छ।
कम्पनीका अनुसार ग्राहकवर्गहरुले यस योजनासँगै सीजीका स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आप्mनै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्भने आकर्षक उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्ने कम्पनीले जनाएको छ।
यो आकर्षक योजना कम्पनीले भदौ ११ देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ।
Shares
प्रतिक्रिया