नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालले ठगिने क्रम बढेको भन्दै सजग रहन आग्रह गरेको छ।
प्राधिकरणले भाइबर, म्यासेन्जर, ह्वाट्सएप, आईएमओ, वीच्याटजस्ता एप्सहरुबाट उपभोक्तालाई ठग्ने गरेको पाइएकाले सचेत हुन आग्रह गरेको हो।
‘सामाजिक सञ्जालहरुमा राष्ट्रिय झण्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगो समेत दुरुपयोग गरी प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाई सेवाग्राहीलाई प्रलोभनमा परी अपरिचित तरिकाले पुरस्कार परेको भनी उपभोक्ता ठग्ने गरिएको छ’, प्राधिकरणले भनेको छ, ‘अपरिचित व्यक्तिको सम्पर्कमा पुगी आफ्नो नाम, मोबाइल नम्बर, बैंक खातालगायतको जानकारी दिई उपभोक्ताहरु ठगिएको पाइएको छ।’
प्राधिकरणले प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज तथा यससँग आउने लिंक नखोल्नु हुन र त्यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन जानकारी गराएको छ।
30
Shares
प्रतिक्रिया