ad ad

कारोबार


‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट  प्रमाणित

‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट  प्रमाणित

नेपालखबर
असोज १०, २०७९ सोमबार १३:३०, काठमाडौँ

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट  प्रमाणित भएको छ। 

सबै सरोकारवालाको डाटा सुरक्षा तथा सञ्चालनलाई आईएसओ २७००१ : २०१३ ले प्रमाणीकरण गरेको खल्तीले जनाएको छ। 

यस प्रमाणीकरण प्राप्त भएसँगै अब खल्तीको सञ्चय प्रक्रिया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ। 

आईएसओ २७००१ : २०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो। 

कम्पनीले भनेको छ, ‘यसले निजी तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ।

खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .