वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सीईओ अवार्डद्वारा सम्मानित भएका छन्। सीईओ क्लब नेटवर्कले युएईमा आयोजना गरेको एक कार्यक्रममा सो सम्मान गरिएको हो।
रस अल खाईमा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले आयोजना गरेको एनुअल सीईओ क्लब डिनर कार्यक्रममा पोखरेललाई सो सम्मान गरिएको हो।
पोखरेललाई युएईको रस अल खाईमा चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद अली मुसावी अल नाओमीले सो अवार्ड हस्तान्तरण गरेका हुन्। विश्वप्रसिद्ध कम्पनीका सीईओहरुका बीच पोखरेललाई सो सम्मान प्रदान गरिएको हो।
विश्वकै सबैभन्दा ठूलो बिजनेस नेटवर्कका रुपमा परिचित सीईओ क्लब नेटवर्कले पोखरेललगायत १० जना सीईओलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो। वर्ल्ड ट्रेड गु्रपका अध्यक्ष पोखरेलको यो अवार्ड यस बर्षको दोश्रो अन्तर्राष्ट्रिय अवार्ड हो। पोखरेल ३ महिना अघिमात्र मलेसियाको क्वालालम्पुरमा ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्डबाट सम्मानित भएका थिए।
इन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन्। सीईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए। पोखरेलको स्पिच कार्यक्रममा सर्वाधिक रुचाइएको सीईओ क्लबका सदस्यहरुले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटी, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड इन्स्योरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया