ad ad

समाज


श्रीमतीको हत्याको आरोपमा श्रीमानसहित तीन जना पक्राउ

श्रीमतीको हत्याको आरोपमा श्रीमानसहित तीन जना पक्राउ

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ५:३८,

श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ।

सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्यांकीमा हालेर बेपत्ता पारिएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्यांकीमा ब्ल्यांकेटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगरसहित ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाको थप अनुसन्धान गरिने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .