रवि लामिछाने नेतृत्वको स्वतन्त्र राष्ट्रिय पार्टीले चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने घोषणा गरेको छ।
आज सार्वजनिक भएको घोषणा पत्रमा चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान र लगानी र जनशक्ति, ऊर्जा आदि विभिन्न पक्षलाई उच्च प्राथमिकता दिई काम गरिने उल्लेख छ।
त्यसको लागि जोनिङ पद्धतिमार्फत चितवनमा सहरी योजनाका सुरुवाद गरिने बताइएको छ।
२५० मेगावाटको सौर्य उर्जा प्लान्ट बनाउने, वर्षिक एसिया व्यवसया कन्फरेन्स आयोजना गर्ने, नेपालको दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी नदी करिडोर निर्माण गर्ने कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष छूट लिने सम्मको योजना उक्त पार्टीले अघि सारेको हो।
24
Shares
प्रतिक्रिया