ad ad

कारोबार


‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’

‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’

प्रकाश न्यौपाने
पुस २, २०७६ बुधबार १५:३३,

लुम्बिनीमा छैठौं सडक खाना महोत्सव हुने भएको छ। लुम्बिनी होटल संघ, नेपालको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्या पारेर यही डिसेम्बर ३१ तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुन लागेको हो। ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔ’ भन्ने नारासहित महोत्सव गरिँदैछ। लुम्बिनीमा बुधबार पत्रकार सम्मेलन गरी आयोेजकले यसपटकको खाना महोत्सव पृथक बनाउने र भ्रमण वर्षमा पर्यटकलाई विशेष प्याकेज उपलब्ध गराउने जनाएका छन्।

संघका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीको थप प्रबद्र्धन गरी पर्यटकको आकर्षण बढाउन खाना महोत्सव गर्न लागिएको जनाए। ‘महोत्सवको अर्को दिन नेपाल भ्रमण वर्ष सुरु हुँदैछ। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ। यसलाई थप टेवा पुर्याइ पर्यटन क्षेत्रको विकासमा महोत्सव कोशेढुंगा सावित हुनेछ’, उनले भने। उनले विभिन्न सांस्कृति नाचसहित स्थानीय खानाका परिकार, थारु, मुस्लिक, नेपाली लगायत खानालाई महोत्सवमा रहने जनाए।

महोत्सवमा एकसय खानाका स्टल रहने उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए। ‘महोत्सवमा आउने दर्शक÷पर्यटकले रोजीरोजी थरिथरीका खानाको स्वाद लिन पाउनुहुनेछ। चाहे त्यो स्थानीय होस् वा विभिन्न धर्मसंस्कृतिका’, उनले भने। महोत्सवमा लुम्बिनीका स्तरीयदेखि सामान्य होटलहरुको परिकारहरु सस्तो र शुलभ मूल्ममा पाइनेछ। महोत्सवमा ४५ लाख बराबरको कारोबार हुने र २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको ज्ञवालीले जनाए। संघमा लुम्बिनी क्षेत्रका ८० वटा होटल आबद्ध छन्। यी होटलहरुमा मात्रै ४ हजार २ सय बेडरुम छन्। खाना महोत्सवको अवसरमा यी होटलहरुले बसोबासमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन्।

यसैबीच संघले नेपाल भ्रमण वर्षको अवसरमा विशेष प्याकेज घोषणा गरेको छ। ६ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्म ३ रात ४ दिनको विशेष पर्यटकीय प्याकेज घोषणा गरेको हो। यो प्याकेजमा होटलमा खानबस्न र बुद्ध सर्किटमा घुम्न बस शुल्क समावेस गरिएको छ। उक्त प्याकेज स्वदेशी तथा बिदेशी जुनसुकै नागरिकले खरिद गर्नसक्ने व्यवस्था मिलाइएको होटल संघमा महासचिव लिलामणि शर्माले बताए।

प्याकेजमा लुम्बिनीसहित आसपासका ग्रामीण क्षेत्र र कपिलवस्तुलाई समेटिएको छ। प्याकेज योजनाअनुसार लुम्बिनी नजिकका ११ वटा बौद्धकालीन गाउँहरु भ्रमण गराउने, कपिलवस्तुसहित बुद्धसँग सम्बन्धित क्षेत्र अवलोकन, लुम्बिनीमै रहेको बिभिन्न गुम्बाहरु अवलोकन, चरा दृश्यावलोकन, बिभिन्न पुरातात्विक क्षेत्रको अवलोकनलगायत रहेको अध्यक्ष श्रेष्ठले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .