ad ad

समाज


प्रदूषण जाँच गरेरमात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै रिट

प्रदूषण जाँच गरेरमात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै रिट

नेपालखबर
पुस २, २०७६ बुधबार १५:२७,

सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई आज अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो।

रिट निवेदनमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग छ।

काठमाडौँ उपत्याकाभित्र वातावरण प्रदूषणलाई नियन्त्रण गर्न अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक कार्यमा गुड्ने सवारी, निजामती एवम् संस्थानका सवारी, विद्यालयका सवारीबाहेक भाडाका सवारी दुईपाङ्ग्रे र चारपाङ्ग्रेलाई स्थायी रुपमै जोर बिजोरको तालिकाअनुसार सवारी साधन सञ्चालन गर्नसमेत आदेशको माग गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .