बुद्ध एयरले पोखराबाट बनारस हप्तामा ३ सिधा उडान गर्ने भएको छ।
निर्माणको अन्तिम चरणमा पहिलो उडानको रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो।
पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्यप्रगतिअनुसार सन् २०२३ को जनवरी महिनादेखि उडानका लागि तयार हुँदै छ।
हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस– काठमाडौं हवाइ सेवा सञ्चालन गर्दै आएको छ।
बुद्धले आइतबार, मंगलबार, बिहीबार उडानको तालिका बनाएर जनवरीबाटै उडान सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ।
साथै एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि हाम्रो तर्फबाट पनि प्रक्रिया यथाशीघ्रअगाडि बढाइने जनाएको छ।
Shares
प्रतिक्रिया