नेपालबाट बाहिरिने कुल रकम र नेपाल भित्रिने कुल रकमको आधारमा नेपाल नाफाको स्थितिमा देखिएको छ।
नेपालको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा रहेको देखिएको हो। यो तथ्यांक चालू आर्थिक वर्षको असोज मसान्तसम्मको हो।
यसरी नेपाल नाफामा रहनुमा नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने भुक्तानी गरेको छैन। निगमका अनुसार करिब २९ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्न बाँकी छ।
गत आर्थिक वर्षको असोजसम्मको तथ्याङ्क हेर्ने हो भने शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो।
चालू खाता अर्थात् आवासीय र गैरआवासीय व्यक्ति/संस्थाबीच भएका चालू प्रकृतिका आर्थिक कारोबारमा भने नेपाल घाटामा छ।
चालू आर्थिक वर्षको तीन महिनामा ३४ अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो।
Shares
प्रतिक्रिया