ad ad

कारोबार


कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधि सुधार गर्छौँ : अर्थसचिव पुष्कर

कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधि सुधार गर्छौँ : अर्थसचिव पुष्कर

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:४७, काठमाडौँ

अर्थ सचिव कृष्णहरि पुष्करले करका नीतिहरु सुधार गर्ने बताएका छन्।

बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै पुष्करले करका नीतिहरु पुराना भएकाले समयअनुकूलको नीतिमा सुधार गरिने बताएका हुन्। 

उनले पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको बताए। 

सचिव पुष्करले नेपालमा मात्रै राजस्व संकलनमा चुनौती नभएको भएर विश्वका ठूला राष्ट्रहरुमा समेत चुनौती देखिएको बताए। उनले नेपालको राजस्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको पनि बताए।

उनले भने, ‘खासै आत्तिनुपर्छ जस्तो लागेको छैन मैले। संसारभर नै चुनौती छ, समस्या छ, नेपाल मात्रै देश होइन, जहाँ कर प्रणालीमा पनि संकुचन भएको छ, प्रेसर भएको छ, नेपाल मात्रै होइन, अमेरिकामा पनि कर प्रणालीमा हेर्नुस्, चीनमा हेर्नुस्, विभिन्न प्रकारका रेस्टिक्सनका कुराहरु छन् । म्यानुफ्याक्चर्स? इन्पुट, एक्सपोर्टका कुराहरुमा पनि कन्स्टेन्टहरु भइरहेको छ । कर नीतिमा केही कुराहरु सुधार गर्नुपर्ने छ । किनभने अहिले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र हाम्रा प्रविधिहरु पनि परम्परा रुपमा रहेका छन् । त्यसलाई अहिलेको बदलिँदो परिप्रेक्ष्यमा केही न केही कुराहरु परिवर्तन गर्न जरुरी छ।’

सचिव पुष्करले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरु परम्परागत भएकाले समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .