ad ad

कारोबार


आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:५१, काठमाडौँ

समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/०७८ मा आईएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । 

आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन्।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। 

कम्पनीले भनेको छ, ‘आइएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ। यसैको सम्मानस्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ।’

आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .