नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फन्ड योजनालाई स्वीकृति प्रदान गरेको छ।
बोर्डले सनराइज बैंक लिमिटेडले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गर्ने सनराइज म्युचुअल फन्डअन्तर्गतको उक्त योजनालाई १९ गते स्वीकृति दिएको हो।
योजनाको आकार प्रतिइकाइ मूल्य १० रुपैयाँको १२ करोड इकाइ गरी जम्मा १ अर्ब २० करोड रुपैयाँको रहेको छ।
यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो। सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ।
24
Shares
प्रतिक्रिया