अनलाइन बजार दराजले वर्षको अन्तिम अभियान - दराज १२.१२ घोषणा गरेको छ।
मंसिर २६ (१२ डिसेम्बर) देखि सुरु हुने यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफ्ना मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने भएको हो।
कम्पनीका अनुसार १२.१२ एक बिक्री-सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने दराजको तरिका हो।अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँसम्मको मेगा भाउचर, १२ सय १२ रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, २.७ लाख रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश छन्।
बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत १२ प्रतिशत (अधिकतम १२ सय १२ रुपैयाँ) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ग्राहकले आफ्नो आईएमई पे वालेटमार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम ३ सय ३३ रुपैयाँको थप छुट पाउनेछन् ।
प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट
दराज १२.१२मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ।
त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र १ रुपैयाँमा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन्।
ग्राहकहरूले केवल १ रुपैयाँमा निम्न पुरस्कारहरू जित्नका लागि भाग लिन सक्छन्: स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए१ र बोन हलिडेज ३ दिनको पोखरा टुर।
सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रिपेमेन्टमार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ।
Shares
प्रतिक्रिया