सुनको मूल्य आज एकै दिन १ हजार रुपैयाँ प्रतितोला वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दरले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १ हजार र तेजाबी सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलबार भने छापावाल सुन १ लाख र तेजाबी सुन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदी पनि १० रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४ सय रुपैयाँ पुगेको हो।
33
Shares
प्रतिक्रिया