ad ad

कारोबार


‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ शिला कंसाकार कार्कीलाई प्रदान

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ शिला कंसाकार कार्कीलाई प्रदान

नेपालखबर
पुस ११, २०७९ सोमबार २२:३९, काठमाडौँ

यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । 

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो । 

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पु¥याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रूपैयाँ नगद प्रदान गरेको थियो । 

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकर दास वैरागी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । 

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो । एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदानलाई सम्मान र उत्प्रेरित गर्न एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । 

गत वर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ पाएकी थिइन् ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) नीतिअनुरुप एनसेलले आईसीटी अवार्डमा आबद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । 

शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन् । सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कार्की आईसीटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् । 

२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लीन छन् । सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियाशील उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पु¥याउन महत्वपूर्ण योगदान दिएकी छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .