ad ad

कारोबार


आईएमई पे एप अब नेपाली भाषामा

आईएमई पे एप अब नेपाली भाषामा

नेपालखबर
पुस १७, २०७९ आइतबार १७:४५, काठमाडौँ

अबदेखि आईएमई पे एप नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ। 

कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जनाएको छ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो।  

अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ। 

पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको ‘इएन’ संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन्। नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरेलगत्तै सो फिचर प्राप्त गर्न सक्नेछन्।  

यसपश्चात् प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नेछन्। 

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .