ad ad

कारोबार


अर्थमन्त्रीको आग्रहपछि चालु पुँजी कर्जा मार्गदर्शन संशोधन तयारीमा राष्ट्र बैंक

अर्थमन्त्रीको आग्रहपछि चालु पुँजी कर्जा मार्गदर्शन संशोधन तयारीमा राष्ट्र बैंक

नेपालखबर
पुस १९, २०७९ मंगलबार १९:४६, काठमाडौँ

अर्थमन्त्रीको आग्रह पछि नेपाल राष्ट्र बैंक चालु पुँजी कर्जा मार्गदर्शन  संशोधनको तयारी थालेको छ।  

सोमबार निजी क्षेको छाता संगठनहरुसँग छलफल गरेको राष्ट्र बैंकले आज बैंकरहरुसँग छलफल गरेको छ। 

नेपाल बैंकर्स संघका कार्यवाहक अधयक्ष सुनिल केसी सहितको टिमसँग राष्ट्र बैंकले छलफल गरेको हो। 

पुराना ऋणीहरुको हकमा केही समय लम्ब्याएर लागू गराउने गरी छलफल अघि बढेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्।

उनी भन्छन्, ‘निजी क्षेत्रको ठूलो माग तत्काल लागू नै नगरौँ भन्ने छ। त्यसको लागि अहिले पनि छलफल अघि बढिरहेको छ। त्यसमा बैंकरहरुको पनि सुझाव लिइएको हो।’

निजी क्षेत्रसँग त लिखित सुझावहरु उपलब्ध गराउन समेत आग्रह गरिएको छ।

निजी क्षेत्रले चालु पुँजी कर्जा मार्गदर्शन लागू नर्गन भन्दै अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेका थिए। त्यसपछि अर्थमन्त्री पैडेलले यसबारे नेपाल राष्ट्र बैंकसँग चासो राखेका थिए। केही उद्योगी व्यवसायीसँगको भेटमा त उनले गभर्नर महाप्रसाद अधिकारीलाई समेत सँगै राखेका थिए। 

व्यवसायीको आवाज नसुनेझैँ गरिरहेको केन्द्रीय बैंकले अर्थमन्त्रीले नै चासो दिएपछि यसको संशोधन प्रक्रिया सुरु गरेको छ। 

मन्त्री हुनासाथ निजी क्षेत्रका उद्योगी र व्यवसायीलाई विशेष भेटघाट दिएका मन्त्री पौडेलले यसबारे माग सम्बोधन हुने आश्वासन दिइसकेका छन्। उनले यस प्रकृतिका समस्या सुन्नकै लागि आफू आएको भनेपछि पछिल्लो समय उद्योगी व्यवसायीमा केही उत्साह देखिएको छ। 

अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई वचन नै दिएपछि उनले राष्ट्र बैंकलाई केही लचक भइदिन आग्रह गरेका थिए। सो अनुसार राष्ट्र बैंकले संशोधनको तयारी थालेको हो।

अर्थमन्त्रीको पहलपछि चालू पुँजी कर्जा मार्गदर्शन संशोधन हुँदै, व्यवसायी मान्लान्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .