ad ad

कारोबार


युनाइटेड इन्स्योरेन्सको लाभांश पारित, ४२ प्रतिशतले बढ्यो बीमाशुल्क आर्जन

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित, ४२ प्रतिशतले बढ्यो बीमाशुल्क आर्जन

नेपालखबर
पुस २७, २०७९ बुधबार १८:७, काठमाडौँ

युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

बुधबार शंखमूलमा रहेको अनमोल ब्याङ्गकेटमा सम्पन्न साधारणसभाले विभिन्न प्रस्ताव पारित गरेको छ। 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जनाएको छ। 

सभाले आर्थिक वर्ष २०७९/०८० का लागि बाह्य लेखापरीक्षक एमजीएसएण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ। 

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ। 

त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार  भएको छ । 

चालू आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पुस ४ सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .