मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
21
Shares
प्रतिक्रिया