ad ad

कारोबार


माछापुच्छ्रे बैंकले गर्‍याे विदेशबाट पैसा ल्याउने सम्झौता

माछापुच्छ्रे बैंकले गर्‍याे विदेशबाट पैसा ल्याउने सम्झौता

नेपालखबर
पुस १३, २०७६ आइतबार १२:५०,

माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ।

आइतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे।

१० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढी पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतिको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ। नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .