ad ad

कारोबार


फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम, बबरमहल र सुन्धारा क्षेत्रबाट सुरु हुँदै

फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम, बबरमहल र सुन्धारा क्षेत्रबाट सुरु हुँदै

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:५४, काठमाडौँ

नेपाल टेलिकमले काठमाडौंको विभिन्न स्थानबाट फाइबजी परीक्षण सुरु गर्ने भएको छ । 

नेपाल टेलिकमको वार्षिक उत्सवको अवसरमा कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाँचौँ पुस्ताको इन्टरनेटको परीक्षण गर्ने भएकाे हाे। 

टेलिकमले २०२३ बाट फाइभजी परीक्षण गर्ने भने पनि  गर्नसकेको थिएन। सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा फाइभजी परीक्षण उद्घाटन हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

‘हामीले तत्कालको लागि काठमाडौंको बबरमहल र सुन्धारामा इक्विपमेन्ट जडान गरेका छौँ, परीक्षणको लागि उपकरण तयारी अवस्थामा छन्',  अधिकारीले भने। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण अनुमति दिएको झण्डै दुई वर्षपछि फाइभजीको ट्रायल हुँदै छ। 

टेलिकमलाई फाइभजी परीक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी दिएकाे छ। 

टेलिकम काठमाडौंमा फाइभजीको औपचारिक परीक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परीक्षण गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .