ad ad

कारोबार


सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकले लियो, मौजुदा सञ्चालक समिति निलम्बित

सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकले लियो, मौजुदा सञ्चालक समिति निलम्बित

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:५९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सुपर लुघवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने व्यवस्थापन समिति गठन गरेको छ । 

दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सो लघुवित्तलाई केन्द्रीय बैंकले निगरानीमा राखी सञ्चालक समितिलाई निलम्बन गरी व्यवस्थापकीय जिम्मेवारी लिएको हो । 

राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले सो संस्थाको सञ्चालक समितिलाई निलम्बन गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिई संस्थाको व्यवस्थापन सञ्चालनका लागि केन्द्रीय बैंकबाट व्यवस्थापन समूहसमेत नियुक्त गरेको छ ।

केन्द्रीय बैंकबाट विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्थाका संस्थापक तथा सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने लगायतका गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको देखिएको थियो ।

संस्थाका जिम्मेवार पदाधिकारीहरूबाट भए गरेका कार्यहरूबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६ को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरू संस्थामा विद्यमान रहेको देखिएको तथा सञ्चालकहरुबाट संस्था सञ्चालन हुन सक्ने स्पष्ट आधारसमेत नदेखिएकोले केन्द्रीय बैंकले कडा निगरानीमा राखेको थियो।

लघुवित्तको प्राथमिक पुँजीकोष  र पुँजीकोष ऋणात्मक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .