ad ad

कारोबार


संकटा वाइन एण्ड बेभरेजको व्यापार साझेदार भेटघाट

संकटा वाइन एण्ड बेभरेजको व्यापार साझेदार भेटघाट

नेपालखबर
माघ २९, २०७९ आइतबार १३:१०, काठमाडौँ

संकटा वाइन एण्ड बेभरेजको ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको ब्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’बारे जानकारी दिए। 

‘संसारभर अंगुरबाट बनेको अल्कोहोविक बेभरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ। क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ’, उनले भने। 

क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यातयोग्य भएको कार्कीको दाबी छ। 

कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले कम्पनीले निकट भविष्यमा नै स्वदेशी वाइनलाई विदेश निर्यात गर्नेतर्फ अग्रसर भइरहेको बताए। 

क्यानभासले नेपालको वाइन उद्योगमध्ये ३० प्रतिशत हिस्सा ओगटेको अधिकारीको दाबी गरेको छ।

सरकारीले हरेक वर्ष मदिराजन्य पदार्थमा उच्च कर लगाएकाले मदिरा व्यवसाय संकटमा पर्दै आइरहेकाले बताए मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पाले बताए। 

सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेभरेज हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम हिस्सा ओगटेको छ। 

कम्पनीको फ्याक्ट्री काभ्रेपलाञ्चोक जिल्लाको नालामा अवस्थित छ, जसमा प्रत्यक्ष रूपमा डेढ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाइरहेका छन्। 

कम्पनीले ४३ करोड रूपैयाँको लगानीमा गरेको कार्कीले जानकारी दिए। वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढीरहेको दाबी गरे। 

कम्पनीले नेपाल भर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ। 

थप वितरकहरू बढाउने क्रममा छ। कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .