ad ad

राजनीति


गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीले गरे छलफल, थप घोषणा भोलि गर्ने

गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीले गरे छलफल, थप घोषणा भोलि गर्ने

नेपालखबर
माघ २९, २०७९ आइतबार १३:१०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजका बारेमा छलफल अघि बढाएका छन्। 

आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गरेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको छलफल सकारात्मक भएको छ। 

प्रधानमन्त्रीले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने पनि बताएका छन्। 

‘यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा भने, ‘नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौं।’

यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले भोलि (३० माघ) सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको भ्रमणका अवसरमा थप घोषणा गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .