ad ad

कारोबार


चन्द्रागिरि केबलकारको टिकट आईएमई पेबाट काटे ‘राइड्सहरुमा छुट’

चन्द्रागिरि केबलकारको टिकट आईएमई पेबाट काटे ‘राइड्सहरुमा छुट’

नेपालखबर
फागुन १, २०७९ सोमबार १२:४३, काठमाडौँ

आईएमई पे र चन्द्रागिरि हिल्सवीच फिल द एयर नामक अफर सार्वजनिक गरिएको छ। 

अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आईएमई पे एपमार्फत काट्नेलाई चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्रदान गरिने भएको हो। 

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ। सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ।   

यी दुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ। माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फागुन १, २०७९ (फेब्रुअरी १३) सम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन्। 

सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आईएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .