सेयरबजारमा आज १ अर्ब ७३ करोडको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २५६ कम्पनीको ४८ लाख कित्ता सेयर बिक्री भएको हो।
योसँगै बजार पुँजीकरण ३० खर्ब र तरलता १० खर्ब पुगेको नेप्सेले जनाएको छ।
आज परिसूचक नेप्से १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको हो।
कारोबारमा सामेलमध्ये ३७ कम्पनीको सेयर बढेको र १७६ वटाको घटेको छ। तीनवटाको उही मूल्यमा कारोबार भएको छ।
बुधबार लगानीकर्ताले ८.५४ प्रतिशतसम्म कमाउँदा ९.९७ प्रतिशतसम्म गुमाएका छन्। आज अपि पावरको ६ करोड २० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।
39
Shares
प्रतिक्रिया