इरानका राष्ट्रपति इब्राहिम रइसी चीनको भ्रमणमा छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सी चिनफिङले इरानको परमाणु कार्यक्रमबारे चाँडै नै उचित प्रस्ताव लैजाने आश्वासन दिएका छन्।
चिनफिङले इरानको अधिकार र हितको रक्षाका लागि आफ्नो समर्थन दिने बताएका छन्।
चिनफिङले बेइजिङमा इरानी राष्ट्रपति इब्राहिम रइसीसँगको कुराकानीका क्रममा इरानको परमाणु सम्झौता लागू गर्न फेरि सकारात्मक रुपमा वार्ता सुरु गर्ने बताएका छन्।
सन् २०१५ मा इरानले जर्मनी, चीन, अमेरिका, फ्रान्स, बेलायत र रूससँग एक सम्झौता गरेको थियो।
यस सम्झौता अनुसार इरानमाथि लागेको प्रतिबन्ध हटाउने र इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित गर्ने भनिएको थियो।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई यसबाट अलग गरेका थिए। त्यसपछि यो सम्झौता रद्द भयो।
चीनले अमेरिकी कदमको आलोचना गरेको थियो। उसले यस सम्झौतामा फिर्ता हुन अमेरिकालाई भनेको थियो।
सेप्टेम्बर महिनामा अमेरिकाले इरानको तेल निर्यातसँग जोडिएका केहि कम्पनीमा नयाँ प्रतिबन्ध लगाएको थियो। यिनमा पाँचवटा चिनियाँ कम्पनी थिए।
Shares
प्रतिक्रिया