ad ad

कारोबार


आईएमई पेको फ्रि सेन्ड मनीको प्रयोगमा पैसा नलाग्ने

आईएमई पेको फ्रि सेन्ड मनीको प्रयोगमा पैसा नलाग्ने

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १९:३७, काठमाडौँ

आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शुल्क नलाग्ने भएको छ। 

उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराइरहेको कम्पनीले जनाएको छ। 

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .