ad ad

कारोबार


चारतारे होटल भिभान्ताले कमायो २२ करोड, सञ्चालनमा आएयताकै बढी आम्दानी

चारतारे होटल भिभान्ताले कमायो २२ करोड, सञ्चालनमा आएयताकै बढी आम्दानी

नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:४१, काठमाडौँ

चारतारे भिभान्ता होटलको आम्दानीसँगै नाफा ह्वात्तै बढेको छ। 

होटल सञ्चालनमा आएयताकै सबैभन्दा बढी सञ्चालन आम्दानी र नाफा भएको हो। 

२०१९ को जनवरीबाट सञ्चालनमा आएको होटलले अघिल्लो आर्थिक वर्षमा २२ करोड बढीको आम्दानी गरेको हो। 

आर्थिक वर्ष २०७५/०७६ मा ८ करोडको आम्दानी गरेको होटलले २०७६/०७७ मा १७ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो। कोभिड महामारीको प्रभावले ०७७/०७८ मा सञ्चालन आम्दानी घटेर ९ करोडमा सीमित भयो। 

आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेसँगै कम्पनीको नाफा गरेको छ। 

२०७७/०७८ मा ८.७ प्रतिशतले घाटामा गएको कम्पनीले ३१.६ प्रतिशतले नाफा बढाएको छ। कर, ब्याज, अवमूल्यनबाहेकको नाफा ३१ प्रतिशत हो। 

४ स्टारको भिभान्तामा आर एन्ड आर होटल एन्ड रिसोर्ट प्रालिले सञ्चालन गर्दै आएको छ। होटलको व्यवस्थापन इन्डियन होटर्स कम्पनी लिमिटेडले गर्दै आएको छ। 

होटलमा ७५ प्रतिशत सेयर चौधरी ग्रुपको रहेको छ भने रविभक्त श्रेष्ठको एनई ग्रुप २५ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .