ad ad

कारोबार


तीन विमानस्थल स्तरोन्नति गर्न टेन्डर आह्वान

तीन विमानस्थल स्तरोन्नति गर्न टेन्डर आह्वान

नेपालखबर
चैत ६, २०७९ सोमबार १५:४२, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वटा विमानस्थल स्तरोन्नतिको लागि टेन्डर आह्वान गरेको छ। 

प्राधिकरणले भोजपुर, मेघौली र सिमरा विमानस्थलको स्तरोन्नति गर्ने भएको हो। 

भोजपुर विमानस्थलमा टर्मिनल भवन लगायतको स्तरोन्नति गरिनेछ। 

चितवनको मेघौली विमानस्थलको रनवे मर्मतसम्भारलगायतको विषयमा टेन्डर आह्वान गरिएको छ।

 मेघौली विमानस्थल स्तरोन्नतिको लागत १ करोड ४७ लाख रुपैयाँ अनुमान गरिएको छ। 

त्यस्तै सिमरा एयरपोर्टको रनवे ओभरले, फेन्सिङलगायतको कामका लागि टेन्डर आह्वान गरिएको छ।

तीनमध्ये भोजपुर र सिमराबाट नियमित उडान भइरहे पनि सन् १९६१ मा बनेको मेघौली विमानस्थल भने सञ्चालनमा छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .