स्किल विकको चौथो संस्करण सम्पन्न भएको छ।
आइतबार द सोल्टी होटेलमा आयोजित कार्यक्रम उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र सय बढीको उपस्थितिमा सम्पन्न गरिएको हो।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राना मगर प्रमुख अतिथि थिए।
स्किल विक एक हप्ते कार्यक्रम हो। स्किल विक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सन्चालन भएको थियो। यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि थिए।
यसैबीच यिनै चार विधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधिबाट सम्मानित गरेको थियो।
पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मानित भएका छन्।
त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छा लाई सम्मान गरिएको थियो । उनले युवा पुस्ताका लागि भेन्ट्रिलोक्विज्मको कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन्।
उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो ।
विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो ।
प्रतिक्रिया