रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
नेपाल धितोपत्र बोर्डले रिडी पावरको सेयर किनबेचमा इन्साइडर ट्रेडिङ गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
धितोपत्र बोर्डका एक अधिकारीले इतिहासमै पहिलो पटक इन्साडर ट्रेडिङमा संलग्न विरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए।
न्यौपाने विरुद्ध ३ करोड २३ लाख विगो दावी गरिएको छ। बोर्डले चैत ८ गते बुधबारका दिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
‘रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहँदाकै बखत मिति २०७७चैत १९ गते देखि मिति २०७८ साउन २४गते सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले उक्त कसुरमा निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९१० बमोजिमको सजायको माग दाबी लिई मिति २०७९ चैत ८ मा श्री काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंमा मुद्दा दायर गरिएको छ’, बोर्डका ती अधिकारीले नेपालखबरलाई भने।
उनका अनुसार अब कसैले इन्साइडर गर्न हजार पटक सोच्नु पर्नेछ।
Shares
प्रतिक्रिया