नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ।
बोर्डले धितोपत्र व्यवसाय गरिरहेका नागरिक लगानी कोष (सीआईटी) र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै जरिवाना तिराएको हो।
सेबोनका अनुसार यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेकाले कारबाही गरिएको हो।
साथै, प्रतिवेदन बुझाउनका लागि समय पनि माग नगरेको भन्दै कारबाही गरेको सेबोनले जनाएको छ।
बोर्डले दुवै कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९२० बमोजिम जनही १० हजार रुपैयाँ जरिवानापनि तिराएको बताएको छ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत बोर्डमा ढिला गरि पेश गरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ सेबोनले भनेको छ ।
Shares
प्रतिक्रिया