ad ad

कारोबार


खल्तीले ल्यायो खल्ती पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यास्ब्याक सुविधा

खल्तीले ल्यायो खल्ती पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यास्ब्याक सुविधा

नेपालखबर
चैत २७, २०७९ सोमबार १३:५५, काठमाडौँ

खल्तीले साना तथा मझौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवेमार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। 

‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरी एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक, नि:शुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको नि:शुल्क एसएमएस प्यानल प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ। खल्तीको एसडीके/एपीआईमार्फत व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिसा/मास्टर कार्ड र कनेक्ट आईपीएसजस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्छन्। 

यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो संख्याका प्रयोगकर्ताहरु समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यामबाट सोझै प्रवर्द्दन हुन सक्ने कम्पनीको भनाइ छ।  

खल्तीको 'स्मार्ट उद्यमी' अफरहरूमा व्यवसायहरूको पेमेन्ट गेटवे एपीआईI शुल्कमा ५० प्रतिशत क्यासब्याक (अर्थात रु. १०,०००) प्राप्त हुने, एक वर्षको लागि निःशुल्क एसएमएस प्यानल, लेनदेन शुल्कमा ३३ प्रतिशत छुट, क्विक लिङ्क भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता) लगायत सुविधा रहेको कम्पनीले जनाएको छ। 

हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ जसले व्यापारीहरूलाई आफ्ना ग्राहकहरूलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ। स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .