सेयरबजार आज २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बढे पनि कारोबार रकम भने १ अर्ब पनि पुगेको छैन।
आज ९४ करोड ५२ लाख रुपैयाँको मात्रै कारोबार भएको हो। दिनभरिमा ३५ हजार पटकको कारोबारमा ३३ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
योसँगै आज २०१ कम्पनीको सेयर बढेको, १६ वटाको घटेको र एउटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।
आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले र आदर्श लघुवित्तको ९.६९ प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ३७.७० र ९५ रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक लगानीकर्ताले उल्लेख्य कमाउन सकेनन्।
त्यस्तै लगानीकर्ताले मंगलबार ३.५४ प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबारमा आज पनि शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ७ करोड १० लाखको सेयर कारोबार भएको छ।
39
Shares
प्रतिक्रिया