नेपाल उद्योग वाणिज्य महासंघको बुधबार दिउँसो भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको छ।
सबैभन्दा धेरै मत ल्याउने १४ जना वस्तुगत सदस्यहरु विजयी भएका हुन्।
तिनमा नरेशलाल श्रेष्ठ (९१ मत), लिलेन्द्र प्रसाद प्रधान (८३ मत), हरिबहादुर कार्की (८२ मत), शिवप्रसाद घिमिरे (७९ मत), अरनिको राजभण्डारी (७६ मत) छन्।
त्यस्तै डा. सुबोधकुमार गुप्ता (७५ मत), रविन पुरी (७४ मत), शोभा ज्ञवाली (७२ मत), भक्तबहादुर हमाल (७२ मत), नानीराज घिमिरे (७२ मत) पनि विजयी भएका छन्।
त्यसैगरी मनोज अधिकारी (६७ मत), कमला श्रेष्ठ (६६ मत), पशुपतिदेव पाण्डे (६५ मत) र राजकुमार कार्की ‘राजु’ (६२ मत) ल्याएर विजयी भएका छन्।
42
Shares
प्रतिक्रिया