ad ad

कारोबार


युवा सशक्तिकरणका लागि कोका–कोलाको ‘युथ डायलग’ कार्यक्रम

युवा सशक्तिकरणका लागि कोका–कोलाको ‘युथ डायलग’ कार्यक्रम

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १९:१९, काठमाडौँ

कोका–कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ।

कार्यक्रममा तीन प्यानलिस्टहरू– ब्लाइंड रक्सका संस्थापक/अध्यक्ष शृष्टि केसी, मिडिया व्यक्तित्व, लेखक तथा फिल्म निर्माता सम्पदा मल्ल र प्रशिद्ध ब्याण्ड ‘कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’ का गुरु किरण नेपालीको उपस्थिति रहेको थियो।

‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो। उक्त विषयमा आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो।

२०० भन्दा धेरै विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .