सरकारले ट्रंक तथा डेडिकेडेट फिडरबाट उपलव्ध गराइएको विद्युत्को महसुल विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेकाे छ।
ऊर्जासचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा विवाद समाधान समिति गठन गरिएकाे सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी दिएका हुन्।
मन्त्री बास्कोटाले १५ दिनभित्र समितिले आवश्यक सुझाव सिफारीस गर्ने बताए।
ऊर्जामन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र अर्थमन्त्रीको समन्वयनमा उक्त समितिले अध्ययन गरी सुझाव सहित प्रतिवेदन पेश गर्ने मन्त्री बास्काेटाले बताए।
प्रतिक्रिया