सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणको अन्तिम खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १–० ले अग्रता लिएको छ। काठमाडौको दशरथ रगंशालामा बिहिबार जारी खेलमा आर्मीले सरस्वतीविरुद्ध अग्रता बनाएको हो।
खेलको ३० औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन्। सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल गरेका थिए। लगत्तै दिनेश हेन्जनको प्रहारलाई गोलरक्षकले बचाए। ४३औं मिनेटमा नवयुग श्रेष्ठको हेडरले पोष्टको गति लिन नसकेपछि आमी अग्रता दोबर पार्नबाट चुक्यो।
खेलको चौथो मिनेटमा दिनेश हेन्जनको प्रहार आकासियो। १४औं मिनेटमा जर्ज प्रिन्स कार्कीको फ्रिकिक प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५औं मिनेटमा नवयुग श्रेष्ठले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो।
आजको खेलमा जित निकाले आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लनेछ। सरस्वतीले भने खाता खोल्न सकेको छैन।
प्रतिक्रिया