नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रुपमा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग पोखरेलले शपथ लिएका हुन्।
अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य हुन्छ। गत साता अर्थसचिवका रुपमा सरकारले पोखरेललाई चयन गरेको थियो।
तोयम राय सरुवा भएपछि पोखरेल आएका हुन्। सचिव पोखरेलले सपथ लिएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठकलगायत अन्य कामकारबाहीमा सहभागी हुन पाउँछन्।
30
Shares
प्रतिक्रिया