ad ad

कारोबार


संकटा क्लबको प्रायोजक अब हिमालयन बैंक

संकटा क्लबको प्रायोजक अब हिमालयन बैंक

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:३५, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ।

बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ।

बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन्।
समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .