ad ad

कारोबार


सरकार र राष्ट्र बैंकबीचको दोषारोपण अन्त्य हुन आवश्यक : उपाध्यक्ष श्रेष्ठ

सरकार र राष्ट्र बैंकबीचको दोषारोपण अन्त्य हुन आवश्यक : उपाध्यक्ष श्रेष्ठ

नेपालखबर
जेठ १, २०८० सोमबार १७:३४, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सरकार र राष्ट्र बैंकबीचको दोषरोपण अन्त्य हुन आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन्।

उनले सरकार र राष्ट्र बैंकको उद्देश्य फरक हुने भएकाले नीनिगत प्राथमिकता फरक हुने बताए। 

उनले सरकारले बढी खर्च गर्न खोजेर मूल्य वृद्धि बढाउने तर राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्नको लागि नीतिगत औजारहरु प्रयोग गरी चेक एण्ड ब्यालेन्स मिलाउने काम हुने बताए। 

राष्ट्रिय योजना आयोगले बनाउने योजनालाई बढी भन्दा बढी यथार्थपरक बनाउने र तोकिएका लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको उनले बताए।

सरकारको वित्त नीति र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा समन्वय आवश्यक रहेको बताए। 

त्यस्तै, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीतिले केही गर्न सक्दैन र मौद्रिक नीतिले नै सबैथोक सम्बोधन गर्छ भन्नु गलत भएको बताए।

उनले सरकारले वित्त नीतिमा व्यवस्था गर्नुपर्ने मौद्रिक नीतिमा समावेश गर्न दबाब दिनु राष्ट्र बैंकमाथि भार बोकाउनु रहेको जिकिर गरे।

उहाँले सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन दिने अभियान चाल्दा गाउँघरमा रोजगारी सिर्जना हुने र उत्पादित वस्तुपनि बजारमा ल्याएर बेच्ने वातावरण बन्दा अर्थतन्त्र चलायमान हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .