ad ad

राजनीति


संघीयता जोखिममा पर्ने अवस्था देखियो : माधव नेपाल

संघीयता जोखिममा पर्ने अवस्था देखियो : माधव नेपाल

नेपालखबर
जेठ १, २०८० सोमबार १७:४०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको उनले बताए। उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता  देखिएको पनि बताए। 

‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ। संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ,’ उनले भने, ‘यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यक्ता छ।’

कम्युनिष्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको पनि बताए। उनले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको स्वीकार गरे। 

अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए।

‘कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो। सामाजिक न्यायको झण्डा हो। समानताको झण्डा हो। विकासको र समृद्धिको झण्डा हो। यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ। विकास हामी बोकिरहेका छौँ तर खोजेको जस्तो छैन,’ उनले भने, ‘समाजमा एक भारी विकृति र विसंगति अहिले पनि विद्यमान छन्।’

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .