ad ad

कारोबार


सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल सुरु हुँदै

सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल सुरु हुँदै

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार ७:६, काठमाडौँ

सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे संसद्‌मा आजदेखि छलफल गरिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रमबारे आज छलफल थालिने भएको हो। 

त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।  

संसद् भवन (नयाँ बानेश्वर) मा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यस्तै आजको सम्भावित कार्यसूचीमा आव २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनका विषयमा छलफल गरिने पनि उल्लेख गरिएको छ। 

हेर्नुहोस् आजको सम्भावित कार्यसूची–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .