ad ad

कारोबार


१० महिनामा व्यापार घाटा १२ अर्ब, वैदेशिक व्यापार १७ प्रतिशतले घट्यो

१० महिनामा व्यापार घाटा १२ अर्ब, वैदेशिक व्यापार १७ प्रतिशतले घट्यो

नेपालखबर
जेठ ७, २०८० आइतबार १७:३१, काठमाडौँ

चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भएको छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधीमा वस्तु आयात १३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको भएको छ भने वस्तु निर्यात १ खर्ब ३० अर्ब रुपैयाँको भएको छ।

यो वर्ष वस्तु आयात र निर्यात दुवै घटेको छ। गत आर्थिक वर्षको १० महिनामा १६ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आयत भएकोमा यो वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्बको मात्रै आयात भएको हो।

त्यस्तै गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएकोमा यो वर्ष १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .