नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र अनिवार्य नगद मौज्दात उल्लंघन गर्ने चार विकास बैंकलाई कारबाही गरेको हो।
आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमास अर्थात चैत मसान्तमा सीडी रेसियो र अनिवार्य नगद मौज्दात कायम नगर्ने विकास बैंकलाई नगद जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सीडी रेसियो सीमा मिच्ने कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद जरिवान गरेको छ। त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद मौज्दात सीमा नपुर्याएको भन्दै नगद जरिवाना गरको छ।
तेस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा बढी भएको कर्पोरेट डेभपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५ रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५ रुपैयाँ नगद जरिवान गरेको छ।
यता, फेरि नारायणी डेभलपेमन्ट बैंकलाई अनिवार्य नगद मौज्दात सीमा नपुर्याएको भन्दै करिब २ लाख जरिवाना गरको छ।
Shares
प्रतिक्रिया