ad ad

कारोबार


उपत्यकामा घट्यो सार्वजनिक यातायातको भाडा

उपत्यकामा घट्यो सार्वजनिक यातायातको भाडा

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १७:१५, काठमाडौँ

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घटेको छ। ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको हो।

काठमाडौं उपत्यमामा छोटो दूरीको भाडा १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ तोकिएको छ।

सरकारले भाडा १ रुपैयाँ घटाएपनि कार्यन्वयन हुने आशंका गरिएको छ।

१० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३०, २० किलोमिटरसम्मको ३३ रुपैयाँमा २० भन्दामाथि ३८ रुपैयाँ भाडा तोकेको छ।

काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४.१८ प्रतिशतले भाडा घटाउने निर्णय गरेको छ। उक्त भाडादरमा यात्रुले १५ केजीसम्म निशुल्क र सोभन्दा बढीको १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा लिन पाउने भएका छन्।

मालबाहक सवारी साधनको हकमा भने ५.६९ प्रतिशतले कम लिनुपर्ने बागमती प्रदेशले निर्णय गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .