प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा फुकोट कर्णाली जलविद्युत आयोजनाबारे सम्झौता हुने भएको छ।
उक्त आयोजना सम्झौताका लागि मन्त्रिपरिषद्को सहमति चाहिने थियो। त्यहीअनुसार शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सम्झौताका लागि सहमति दिने निर्णय समेत गरेको हो।
यसअघि फुकोट कर्णाली आयोजना नेपाल र भारतीय कम्पनी एनएचपीसी लिमिडेले संयुक्तरुपमा विकास गर्ने निर्णय गरिसकेको छ।
अर्धजलायशयुक्त यस आयोजनामा ५१ प्रतिशत लगानी एनचएसपीसीले गर्ने भएको छ। यसमा नेपालले ४९ प्रतिशत लगानी गर्ने छ।
यो आयोजनामा विद्युत उत्पादन कम्पनी लिमिटेडको सेयर हुने छ।
यो आयोजना निर्माणका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यसको क्षमता ४ सय ८० मेगावट रहेको छ। उत्पादित बिजुली भारत निर्यात हुने छ।
लगानी बोर्डको सम्झौताअनुसार यो आयोजना नेपालले २१ दशमलव ९ प्रतिशत विद्युत निशुल्क पाउने छ।
Shares
प्रतिक्रिया