सरकारले भोलि अर्थात जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्दैछ।
बजेट सार्वजनिक हुने अघिल्लो दिन सेयरबजार दोहोरो अंकले घटेको छ।
आज कारोबारको सुरुवातमा उकालो लागेको बजार बजार बन्द हुने समयमा ओरालो लागेको हो।
पछिल्लो आठ कारोबार दिन निरन्तर उकालो लागेको बजार आज १७. ३८ अंकले घटेको हो।
आज बजार १७. ३८ अंकले घटेर १९४१.७४ विन्दुमा झरेको हो।
घटेको बजारमा कारोबार रकम भने बढेको छ। आज बजारमा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ।
सेयरमूल्य बढ्ने कम्पनीहरु?
आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। युनियन लाइफ इन्स्योरेन्स र आत्मानिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
त्यसैगरी युनिलिभर नेपालको प्रतिकित्ता सेयरमूल्य ७.१८ प्रतिशत र चिलिमे हाइड्रोपावरको ५.९९ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने गर्ने कम्पनी?
आज नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। शिवम सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख रुपैयाँ र निफ्राको ७ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ।
सर्वाधिक डिमान्ड भएका कम्पनी?
आज सेयरबजारमा नेपाल इन्फास्ट्रक्चर बैंक (निफा्र)को सेयरमा २ लाख १८ हजार रुपैयाँको डिमान्ड रहेको छ।
त्यसैगरी एनएमबि बैंक, युनियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको सर्वाधिक सेयर खरिद माग रहेको छ।
Shares
प्रतिक्रिया